BIZMANDU
www.bizmandu.com

बैंकर्स संघका अध्यक्ष कोइरालाले भने- कर्जा असुली प्रभावित हुँदा खुद नाफामा असर पर्‍यो

२०८१ माघ ८

बैंकर्स संघका अध्यक्ष कोइरालाले भने- कर्जा असुली प्रभावित हुँदा खुद नाफामा असर पर्‍यो
बैंकर्स संघका अध्यक्ष कोइरालाले भने- कर्जा असुली प्रभावित हुँदा खुद नाफामा असर पर्‍यो


काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरुको कर्जा असुली प्रभावित भएकाले त्यसको असर खुद नाफामा परेको बताएका छन्।

Tata
GBIME
NLIC

संघले मंगलबार गरेको कार्यक्रममा कोइरालाले असुली प्रभावित हुदा बैंकहरुको बितरणयोग्य नाफा खुम्चिएको बताए।

‘बैंकहरुको असुली प्रभावित भएको छ। यसले गर्दा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ,’ उनले भने, ‘साँवा ब्याज उठाउन नसक्दा वितरणयोग्य नाफामा पनि असर परेको छ।’

उनले निक्षेपको तुलनामा अझै पनि कर्जाको माग बढ्न नसकेको बताए। ‘सरकाले लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसक्दा कर्जाको माग बढ्न सकेन,’ उनले भने, ‘यस्तो अवस्थामा बैंकहरुसँग असुलीबाहेक विकल्प छैन।’