BIZMANDU
www.bizmandu.com

खुल्यो नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ, वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउने

२०८१ माघ ८

खुल्यो नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ, वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउने
खुल्यो नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ, वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गरेको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएकाहरुलाई मंगलबारदेखि आइपीओ खुलाएको हो।

Tata
GBIME

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर छुट्याएको छ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्दैछ।

कर्मचारी र वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई बिक्री गरिसकेपछि दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।