BIZMANDU
www.bizmandu.com

सुनको मूल्य १ हजार १०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ५८ हजार १०० पुग्यो

२०८१ माघ ८

सुनको मूल्य १ हजार १०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ५८ हजार १०० पुग्यो
सुनको मूल्य १ हजार १०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ५८ हजार १०० पुग्यो


काठमाडौं । सोमबार तोलामा १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार फेरि बढेको छ। आज सुना तोलामा १ हजार १०० रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढ्दै प्रतिऔंस २७२७.६७ डलर पुगेको छ। चाँदीको आज प्रतिऔंस ३०.६१ डलर छ। सोमबार सुनको २७०५.९४ डलर र चाँदी प्रतिऔंस ३०.४ डलरमा थियो।