BIZMANDU
www.bizmandu.com

मेची भन्सारबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो, अलैँची र प्लाइउड निर्यातमा पनि वृद्धि

२०८१ माघ ८

मेची भन्सारबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो, अलैँची र प्लाइउड निर्यातमा पनि वृद्धि
;jf/L hfFr ub{} k|x/L ;'?ª\uf, !$ df3 M k"jL{ gfsf sfFs/le§faf6 lelqPsf] ;jf/LnfO{ hfFr ub{} k|x/L . t:jL/ M ;'/]G› e08f/L÷/f;;


काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांक अनुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।

Tata
GBIME
NLIC

सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।

कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६. ७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो।

कार्यालयको तथ्यांक अनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ। पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ।