BIZMANDU
www.bizmandu.com

ट्रम्पले हस्ताक्षर गरे ‘मास डिपोर्टेसन’ आदेश, जन्मसिद्ध नागरिकता नदिने निर्णय लागू गर्न कठिन

२०८१ माघ ८

ट्रम्पले हस्ताक्षर गरे ‘मास डिपोर्टेसन’ आदेश, जन्मसिद्ध नागरिकता नदिने निर्णय लागू गर्न कठिन
President Donald Trump, center, takes part in a signing ceremony in the President's Room after the 60th Presidential Inauguration, Monday, Jan. 20, 2025, at the U.S. Capitol in Washington. Surrounding the president are, from left, Sen. Amy Klobuchar, D-Minn.; Vice President JD Vance; first lady Melania Trump; House Speaker Mike Johnson, R-La.; and House Majority Leader Steve Scalise, R-La. (Melina Mara/The Washington Post via AP, Pool)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरुलाई ‘डिपोर्ट’ गर्ने निर्यमा हस्ताक्षर गरेका छन्। सपथग्रहणपछि ह्वाइट हाउस पुगेका उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन्।

Tata
GBIME

ट्रम्प गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरुमाथि आफ्नो पहिला कार्यकालमा पनि कडा रुपमा प्रस्तुत भएका थिए। दोस्रो कार्यकालको सुरुवाती दिनमा नै ट्रम्पले ‘मार्स डिपोर्ट’को निर्णयमा हस्ताक्षर गरेका हुन्।

उनले कार्यकारी निर्णयमा हस्ताक्षर गरे पनि त्यो कुन रुपमा अघि बढ्छ, आप्रवासीहरुलाई कसरी घर फिर्ता गरिन्छ भन्ने फ्रेमवर्क भने सार्वजनिक भएको छैन।

ट्रम्पको निर्णयसँगै अमेरिकाको सीमा क्षेत्रमा सतर्कता अपनाउन भने सुरु भइसकेको छ।

यस्तै, ट्रम्पले अमेरिकामा जन्मिएकै आधारमा आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता पाउने कानुनको अन्त्य हुने व्यवस्थामा पनि हस्ताक्षर गरेका छन्। यद्यपि, यो तत्काल लागू हुने अवस्था छैन। यो संविधान संशोधन र अदालती प्रक्रियापछिमात्रै लागू हुने अवस्थामा छ। तर, ट्रम्पले यो मुद्दालाई आफ्नो प्रमुख एजेन्डाकै रुपमा अघि सारेका छन्।

ट्रम्पले मेक्सिको र क्यानडामाथि फेब्रुअरी १ देखि थप कर लगाउन सक्ने घोषणा पनि गरेका छन्। यस्तै, छिट्टै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर युक्रेन युद्ध अन्त्य गर्ने चाहना आफ्नो रहेको पनि उनले बताएका छन्।

यससँगै ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिने निर्णय समेत गरेका छन्।