BIZMANDU
www.bizmandu.com

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५.१३% सम्म आइपुग्यो, अब बढ्ला त ऋण लगानी?

२०८१ माघ ७

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५.१३% सम्म आइपुग्यो, अब बढ्ला त ऋण लगानी?
बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५.१३% सम्म आइपुग्यो, अब बढ्ला त ऋण लगानी?


काठमाडौं। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.७ प्रतिशत विन्दुले घटेको छ। २०८०/०८१ को पुसमा औसत ९.४४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर अहिले ६.७४ प्रतिशतमा झरेको हो।

Tata
GBIME
NLIC

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर आधार दर तल आएको हो।

बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा आधार दर घटेको हो।

अहिले तीनवटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा तल छ। स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल आएको हो।

स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.१३ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.६४ प्रतिशत र एभरेष्ट बैंकको ५.८४ प्रतिशतमा झरेको छ।

पोहोर पुसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ७.५६, राष्ट्रिय वाणिज्य बैंकको ८.२५ र एभरेष्ट बैंकको ८.८७ प्रतिशत थियो।

एनआईसी एशिया र हिमालयन बैंकको आधार दर ७.५२ प्रतिशत छ।

आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन्।

६/७ प्रतिशत स्थिर ब्याजदरको स्किम ल्याउँदा समेत कर्जाको माग बढ्न नसकेको बैंकरहरु बताउँछन्। राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले ब्याजदर घटेपनि कर्जाको माग खासै बढ्न नसकेको बताए।

‘अपेक्षाजनक रुपमा कर्जाको माग बढ्न सकेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्‌दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदर पर्छ। लागत कम हुँदा आधार दर कम भइ कर्जा सस्तिएको हो।’

कुन बैंकको बेसरेट कति ?

वाणिज्य बैंक २०८१/०८२२०८०/०८१फरक
एनआईसी एसिया७.५२९.६८-२.१६
प्रभु ७.२६९.४२-२.१६
नेपाल इन्भेष्टमेन्ट मेगा६.५८९.४१-२.८३
कुमारी ७.१४१०.२८-३.१४
ग्लोबल आइएमई६.९५९.६-२.६५
एभरेष्ट५.८४८.८७-३.०३
हिमालयन७.३१०.५९-३.२९
एनएमबि६.९२९.९५-३.०३
नेपाल ६.१६८.५५-२.३९
लक्ष्मी सनराइज७.१७९.९९-२.८२
सिटिजन्स७.३९.८१-२.५१
नबिल ६.१६८.५५-२.३९
प्राइम कमर्सियल ७.१२१०.३८-३.२६
सानिमा६.७९९.२९-२.५
कृषि विकास६.६९.८२-३.२२
नेपाल एसबिआई७.१४९.६६-२.५२
माछापुच्छ्रे७.१४९.७८-२.६४
राष्ट्रिय वाणिज्य५.६४८.२५-२.६१
सिद्धार्थ६.९३९.२८-२.३५
स्टान्डर्ड चाटर्ड५.१३७.५६-२.४३
औसत६.७४९.४४-२.७
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण