BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ६.७८ अंकको वृद्धि, अन्य उपसमूहले बढायो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

२०८१ माघ ७

सेयर बजारमा ६.७८ अंकको वृद्धि, अन्य उपसमूहले बढायो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
सेयर बजारमा ६.७८ अंकको वृद्धि, अन्य उपसमूहले बढायो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार


काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक सोमबार ६.७८ अंकले उकालो लागेर २६०७.९९ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

बैंकिङ, विकास बैैंक, फाइनान्स, हाइड्रोपावर र माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले उकालो लागेको छ।

फाइनान्सको सूचक सर्वाधिक २.५३ अंकले ओरालो लागेको छ।

फाइनान्सको वित्तीय अवस्था बिग्रिएको प्रभाव सेयर बजारमा देखिएको हो। फाइनान्सले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नाफा घटेको तथा खराब कर्जा चुलिएको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

विकास बैंकको सूचक ०.६० प्रतिशतले घटेको छ। विकास बैंकले यो वर्ष ६ महिनामा नाफा बढाए पनि निष्कृय कर्जा भने घटाउन सकेका छैनन्।

वाणिज्य बैंकको सूचक ०.२० प्रतिशतले ओरालो लागेको छ। दोस्रो त्रैमासमा वाणिज्य बैंकको नाफा घटेको छ।

सोमबार ११८ कम्पनीको सेयर मूल्य बढेको छ। मानुषी लघुवित्तको सेयर भाउ सर्वाधिक ९.०५ प्रतिशतले उकालो लागेको छ।

११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। चार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त, सुपर मार्दी हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट र एनआएसी एसिया डिबेन्चरको मूल्य सबैभन्दा धेरै घटेको हो।

बजारमा ६ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार हुँदा रिभर फल्स पावरको सर्वाधिक २४ करोड रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, हिमालयन पावर पार्टनरको १८ करोड २० लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ३४ लाख र नेपाल रि-इन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।