BIZMANDU
www.bizmandu.com

तीन सातापछि भिडियो भाइरल, युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बित

२०८१ माघ ७

तीन सातापछि भिडियो भाइरल, युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बित
तीन सातापछि भिडियो भाइरल, युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बित


काठमाडौं। तीन साताअघि एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको हो।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले भिडियो र प्रारम्भिक अनुसन्धान गर्दा निलम्बन गरेर अनुसन्धान गर्ने पर्याप्त आधार देखिएकाले निलम्बन गरिएको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना पुस १५ गते रातिको भएको खुलेको छ। भरतपुर महानगरपालिका ११ बसेनी चोकमा गस्तीमा रहेका प्रहरीले युवकलाई कुटपिट गरेका थिए।

भिडियोमा देखिएअनुसार सोधखोजका क्रममा आक्रोशमा आएका प्रहरीले युवकलाई निर्धातरुपमा कुटेको देखिएको छ।

‘किन यस्तो घटना भयो कारण भने अनुसन्धानमा खुल्ने छ,’ एसपी मिश्रले भने।

प्रहरीले यस घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा ५ सदस्य टोली गठन गरेको छ। घटनामा पीडित भएका व्यक्ति अझै प्रहरी सम्पर्कमा भने आएका छैनन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो।