BIZMANDU
www.bizmandu.com

आम्दानी घटेपछि चिफ बिजनेस अफिसरको खोजीमा एनसेल, खुलायो आवेदन, अनुभव र सर्त यस्ता

२०८१ माघ ७

आम्दानी घटेपछि चिफ बिजनेस अफिसरको खोजीमा एनसेल, खुलायो आवेदन, अनुभव र सर्त यस्ता
आम्दानी घटेपछि चिफ बिजनेस अफिसरको खोजीमा एनसेल, खुलायो आवेदन, अनुभव र सर्त यस्ता


काठमाडौं। एनसेलले चिफ बिजनेस अफिसरका लागि आवेदन खुलाएको छ।

Tata
GBIME
NLIC

पछिल्लो समय टेलिकम कम्पनीहरुको आम्दानी ओरालो लाग्दै गएको अवस्थामा एनसेलले चिफ बिजनेस अफिसर नियुक्त गर्न खोजेको हो।

चिफ बिजनेस अफिसरले कम्पनीको आम्दानी वृद्धि, ग्राहकसँगको सम्बन्धदेखि भावी रणनीति निर्माणमा काम गर्नुपर्ने सर्त राखिएको छ।

चिफ बिजनेस अफिसर बन्न इच्छुकसँग बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तरसँगै इन्जिनियरिङमा डिग्री आवश्यक पर्ने एनसेलले जनाएको छ।

कम्पनीका अनुसार आवेदकसँग सूचना प्रविधि क्षेत्रअन्तर्गत सोलुसन्स, प्रडक्ट निर्माण र मार्केटिङमा कम्तीमा २० वर्ष तथा उच्च नेतृत्वमा रहेर कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

चिफ बिजनेस अफिसरले एनसेलको प्रमुख कार्यकारी अधिकृतलाई रिपोर्टिङ गर्नुपर्नेछ। चिफ बिजनेस अफिसरको मुख्य जिम्मेवारी कम्पनीको समग्र इन्टरप्राइज र बिजनेस टु बिजनेस (बीटूबी)का गतिविधिमा केन्द्रित रहने एनसेलले जनाएको छ।

अहिले एनसेलको उच्च व्यवस्थापन टिममा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमुभ, प्रमुख कमर्सियल अफिसर उमेर मोहसिन, प्रमुख प्रविधि तथा सूचना अधिकृत अमिर अलि कार्यरत छन्।

यस्तै, एनसेलको चिफ अफ स्टाफमा स्टेफेन रोड्रिजेग, हेड अफ लिगल (डिरेक्टर)मा डिल्लीराम श्रेष्ठ र अन्तरिम हेड अफ बिजनेस सोलुसन्समा रञ्जन शर्मा छन्।