BIZMANDU
www.bizmandu.com

फाइनान्सको वित्तीय अवस्था नाजुक, खराब कर्जा ८.१३ प्रतिशत, प्रोभिजनिङ ४ गुणाले वृद्धि

२०८१ माघ ७

फाइनान्सको वित्तीय अवस्था नाजुक, खराब कर्जा ८.१३ प्रतिशत, प्रोभिजनिङ ४ गुणाले वृद्धि
फाइनान्सको वित्तीय अवस्था नाजुक, खराब कर्जा ८.१३ प्रतिशत, प्रोभिजनिङ ४ गुणाले वृद्धि


काठमाडौं। अधिकांश फाइनान्सको वित्तीय अवस्था बिग्रिएको छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ११ फाइनान्समध्ये ७ वटाको खुद नाफा घटेको छ।

Tata
GBIME
NLIC

सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये ११ वटाले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेकामा ४ वटा घाटामै गएका छन्।

पोखरा, गुहेश्वरी, गोर्खाज र बेस्ट फाइनान्स नोक्सानीमा गएका हुन्। पोखरा फाइनान्सको वित्तीय अवस्था संकटउन्मुख छ। नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको पोखराको पुँजीकोष ऋणात्मक छ। यसले निक्षेप संकलन र कर्जा लगानी गर्न पाउँदैन।

फाइनान्सको दुई आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा रु हजारमा

फाइनान्स कम्पनी२०८१/८२२०८०/८१फरक %
आईसीएफसी १०९१३२५३२२२१०५.०५
गुडविल१०४८९२२८८५-५४.१७
पोखरा-६५००३१२१४९३
गहेश्वरी-२१८८१-६७०३०
श्रीइन्भेष्टमेन्ट१४१६०२५६४४-४४.७८
गोर्खाज-२५९८१२१६०५
मञ्जुश्री११७०७९१०५४७०११.०१
बेस्ट -१७२६२१०८४७
प्रोग्रेसिभ८५३५०-१०५७५०
मल्टिपर्पस२००३८११२४९७८.१३
नेपाल २०५०४८१२२४२५.१२
स्रोत: कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

वित्तीय विवरण निकालेका फाइनान्सको खराब कर्जा चुलिएर औसतमा ८.१३ प्रतिशत पुगेको छ। पोहोर दोस्रो त्रैमासमा ११ वटा फाइनान्सको औसत खराब कर्जा ५.०४ प्रतिशत रहेकामा अहिले ३.०९ प्रतिशत विन्दुले थपिएको हो। तीन वटा फाइनान्स खराब ऋण घटाउन सफल भएकामा ८ वटाको बढेको छ।

फाइनान्सको दुई आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको निष्कृय कर्जा

फाइनान्स कम्पनी२०८१/८२२०८०/८१फरक प्रतिशत विन्दु
आईसीएफसी३.०७२.२१०.८६
गुडविल६.७७५.२३१.५४
पोखरा३३.४४४.७६२८.६८
गहेश्वरी८.१८६.४५१.७३
श्रीइन्भेष्टमेन्ट३.७११.९४१.७७
गोर्खाज३.०६३.६१-०.५५
मञ्जुश्री३.८६३.५०.३६
बेस्ट ३.८६३.३२०.५४
प्रोग्रेसिभ७.५७१२.४५-४.८८
मल्टिपर्पस५.४५१.४८३.९७
नेपाल १०.४६१०.५२-०.०६
स्रोत: कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

फाइनान्सको सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्था (प्रोभिजनिङ) व्यापक वृद्धि भएको छ। वित्तीय विवरण अनुसार प्रोभिजनिङ चार गुणाले वृद्धि भएको छ।

११ वटा फाइनान्सले १ अर्ब २३ करोड ८७ लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन्। पोहोर दोस्रो त्रैमाससम्म फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए।

फाइनान्सको दुई आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको प्रोभिजनिङ रकम हजारमा

फाइनान्स कम्पनी२०८१/८२२०८०/८१फरक %पुँजी कोष %
आईसीएफसी ४८६२९४७३३२२.७१२.९९
गुडविल३९९१२९९२०३०२.३१३.१९
पोखरा१००५२६९३०६५८३१७९-३.१७
गहेश्वरी३९४४३८४२५४-५३.२१६.४३
श्रीइन्भेष्टमेन्ट७१३४४२१६९३२२८.९१६.५२
गोर्खाज८३०१०-८९८०५१०.०३
मञ्जुश्री६५२७९९८३१४-३३.६१४.९२
बेस्ट ३४१८६-९०९६१४.३९
प्रोग्रेसिभ-१४२८८६७५६३९१०.७२
मल्टिपर्पस१८६७१९१२७१०४.६१९.६१
नेपाल -२६१२९१३४७३३२.४५
स्रोत: कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण