BIZMANDU
www.bizmandu.com

क्रेष्ट माइक्रोको आइपीओ माघ १५ देखि, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

२०८१ माघ ७

क्रेष्ट माइक्रोको आइपीओ माघ १५ देखि, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने
क्रेष्ट माइक्रोको आइपीओ माघ १५ देखि, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME

कम्पनीले कुल सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि छुट्याएको छ।

वैदेशिक रोजगारीमा गएकाहरुले माघ २९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ।

क्रेष्टले गत साता नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आइपीओ निष्कासन अनुमति पाएको थियो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ।