BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो

२०८१ माघ ७

वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो
वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो


काठमाडौं। कमजोर व्यवसाय, बढ्दो खराब ऋणका कारण बाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ। सञ्चालनमा रहेका २० बाणिज्य बैंकले सोमबार सार्वजनिक गरेको चालु बर्षको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफा ४.६२ प्रतिशतले घटेको छ।

Tata
GBIME
NLIC

वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड रुपैयाँ मुनाफा कमाएका छन्। पोहोर पुसमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो।

ब्याजको किस्ता नउठ्दा बैंकहरुले ऋण सुरक्षणका लागि कर्जा नोक्सानी व्यवस्थापनको खर्च बृद्धी गरेका छन्। यसले बैंकहरुको खराब ऋण अनुपात बढाएको छ।

२० वटा बैंकमध्ये ११ वटाको नाफा बढे‍को छ। बाँकी ९ को घटेको छ।

प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ। आर्थिक गतिविधि सुस्त भए पनि अधिकांश बैंकहरु असुलीमा सुधार गर्दा नाफा बढाउन सफल भएका छन।

यतिबेला एनआइसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको हो।

एनआइसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ। पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ। पोहोर यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो।

कुन बैंकको नाफा कति ?

वाणिज्य बैंकहरू
२०८१/०८२ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)
२०८०/०८१ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)
नाफा फरक (प्रतिशत)
एनआइसी एसिया१५१७३०१९०३८०७-९२.०३
प्रभु१३३६१३८७२०३४१८५.४९
नेपाल इन्भेष्टमेन्ट मेगा२८३२३२६१८०१९४४५७.१८
कुमारी२७५७३०८६७२११-६८.२
ग्लोबल आइएमई३०५३४८९२०४२३२९४९.५१
एभरेष्ट२०७४७६३१७१३१४८२१.११
हिमालयन१५१८७७०१५०३९७४०.९८
एनएमबि२००३५४०१३७५९८७४५.६१
नेपाल४६१०१७५९००५१-२१.८७
लक्ष्मी सनराइज११६२०७६१०५९२१०९.७१
सिटिजन्स६६१८२८७८२७८४-१५.४५
नबिल३२४४२७७३२०३०७९१.२९
प्राइम कमर्सियल१८६९९५०२१८२९२७-१४.३४
सानिमा११९२३११११३८६१४४.७२
कृषि विकास९५७५४९१३५५२७५-२९.३५
नेपाल एसबीआई९००२८१८४०५४२७.११
माछापुच्छ्रे८०७३२७८०५३८००.२४
राष्ट्रिय वाणिज्य७६३०३३२०१५३८८-६२.१४
सिद्धार्थ५३०२२९११३६८२२-५३.३६
स्टान्डर्ड चाटर्ड१६४०६३०१७२६४२८-४.९७
कुल२७४३६९९४२८७६५२४१-४.६२
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण