BIZMANDU
www.bizmandu.com

दुसित प्रिन्सेसलाई ट्रिप एड्भाइजरको उत्कृष्ट होटलको मान्यता

२०८१ माघ ६

दुसित प्रिन्सेसलाई ट्रिप एड्भाइजरको उत्कृष्ट होटलको मान्यता
दुसित प्रिन्सेसलाई ट्रिप एड्भाइजरको उत्कृष्ट होटलको मान्यता

काठमाडौं। अन्तर्राष्ट्रिय अनलाइन ट्राभल साइट ट्रिप एड्भाइजरले पाँच तारे होटल दुसित प्रिन्सेसलाई उत्कृष्ट होटेलमध्ये प्रथम श्रेणीको मान्यता दिएको छ।

Tata
GBIME
Nepal Life

थाइल्याण्डको प्रसिद्ध होटल चेन दुसितको व्यवस्थापनमा रहेको होटलको विशेष आतिथ्य र सेवाका कारण यो मान्यता पाएको अध्यक्ष दोर्जे लामाले बताए।  

‘थाइ ब्राण्ड दुसितको उच्चस्तरीय व्यवस्थापनसँगै हामीलाई माया गर्दै आउनुभएका अतिथि, ट्राभल पार्टनर र सम्पूर्ण कर्मचारीको मेहेनतले यो सफलता प्राप्त गर्न सफल भएका छौँ,’ लामाले भने,’यो प्राप्तिले हामीलाई आतिथ्य क्षेत्रमा आफ्नो सेवा थप विस्तार गर्न प्रेरित गरेको छ।’

पाहुनाले दिएको रेटिङका आधारमा यो मान्यता प्राप्त गर्न सफल भएको उनले जानकारी दिए।    

होटल ल्हासा इन्टरनेसनल समूहले अढाई अर्ब रुपैयाँ लगानीमा डेढ वर्षयता होटलको व्यवस्थापन सञ्चालन गरिरहेको छ। समूहको यो तेस्रो होटल हो। यसबाहेक उसले बौद्ध र लाजिम्पाटमा तिब्बत होटल सञ्चालन गरिरहेको छ।

१२ तल्ले होटलमा १०७ कोठा छन्। तीमध्ये ८२ वटा सुपेरियर, १० वटा डिलक्स, ८ वटा एक्जिक्युटिभ, ६ वटा जुनियर सुइट र एउटा प्रेसिडेन्सियल सुइट रुम हुन्। २५० जनासम्मको उपस्थितिमा कार्यक्रम गर्न मिल्ने प्रिन्सेस बलरुम पनि छ। इन्फिनिटी स्विमिङ पुल, फिटनेस सेन्टर, रेस्टुरेन्ट, साउना स्टिम, स्पालगायत सेवा होटलमा छन्।