BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्रीको उपस्थितिमा सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच वार्ता, आपूर्ति सहज बनाउने सहमति

२०८१ माघ ६

उद्योगमन्त्रीको उपस्थितिमा सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच वार्ता, आपूर्ति सहज बनाउने सहमति
उद्योगमन्त्रीको उपस्थितिमा सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच वार्ता, आपूर्ति सहज बनाउने सहमति

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट आपूर्तिमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ।

Tata
GBIME
Nepal Life

उद्योगमन्त्री दामोदर भण्डारीको उपस्थितिमा संघ र नेपाल निर्माण व्यवसायी महासंघबीच भएको छलफलमा सो सहमति भएको हो। पछिल्लो समयमा निर्माण व्यवसायीले आवश्यक सिमेन्ट पाउन नसकेको र मूल्य आकासिएको भन्दै विरोध गर्दै आएका थिए। दुई महिनाको समयावधिमा सिमेन्टको मूल्य बोरामा २ सय २० रुपैयाँ बढिसकेको छ।

 छलफलमा उद्योगीले सिमेन्ट उद्योगलाई आवश्यक बिजुलीको आपूर्ति हुन नसक्दा उत्पादननै प्रभावित भएको गुनासो गरेका थिए। अहिले नेपाल विद्युत प्राधिकरणले पिक समय साँझ ५ बजेदेखि ९ बजेसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्दै आएको छ।

‘हामीले सिमेन्ट उत्पादनका लागि आवश्यक बिजुलीनै पाएका छैनौ,’ उनीहरुले भनेका थिए, ‘व्यवसायी भएको नाताले तपाईंहरुले पनि हाम्रो मर्का बुझिदिनुपर्‍यो।’ उद्योगीले बिजुलीको विकल्पमा जेनेटरबाट चलाउँदा उत्पादन लागत बढेको समेत बताएका थिए।

उद्योगीको भनाईपछि दुबै पक्षले एकअर्काको समस्या समाधान गरेर विकास निर्माण र औद्योगिक उत्पादन सँगसँगै अघि बढाउने प्रतिवद्धता जनाइएको छ।

छलफलको क्रममा उद्योगमन्त्री भण्डारीले बिजुली आपूर्तिका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए।