BIZMANDU
www.bizmandu.com

कोशीमा निक्षेपभन्दा कर्जा एक खर्ब बढी लगानी, मोरङमा ४३.९%, ताप्लेजुङमा ०.४ प्रतिशत मात्रै

२०८१ माघ ६

कोशीमा निक्षेपभन्दा कर्जा एक खर्ब बढी लगानी, मोरङमा  ४३.९%, ताप्लेजुङमा ०.४ प्रतिशत मात्रै
कोशीमा निक्षेपभन्दा कर्जा एक खर्ब बढी लगानी, मोरङमा ४३.९%, ताप्लेजुङमा ०.४ प्रतिशत मात्रै


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा निक्षेपको तुलनामा १०१ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन्।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष २०८०/०८१ सम्म कोशीका १४ जिल्लाबाट बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब ७७ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेकामा ५ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेका हुन्।

कर्जा लगानी गत आर्थिक वर्ष २१ अर्बले बढेको छ।

बैंक तथा वित्तीय संस्थाले कोशीमा गरेको ऋण लगानीको सबैभन्दा बढी ४३.९ प्रतिशत हिस्सा मोरङ र सबैभन्दा कम ताप्लेजुङमा ०.४ प्रतिशत छ।

कूल कर्जामध्ये सबैभन्दा धेरै थोक तथा खुद्रा बिक्रेतातर्फ १ खर्ब ३१ अर्ब ८ करोड, उपभोगतर्फ १ खर्ब २४ अर्ब २ करोड र गैरखाद्य वस्तु उत्पादनतर्फ ७३ अर्ब ८७ करोड रुपैयाँ प्रवाह गरिएको छ।

रियल इस्टेटमा २१ अर्ब १२ करोड र निर्माण क्षेत्रमा ९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा कम कर्जा खानी सम्बन्धी क्षेत्रमा ६५ करोड रुपैयाँ प्रवाह भएको छ। कोशीमा कुल १ अर्ब ९६ करोड रुपैयाँ सहूलियतपूर्ण कर्जा प्रवाह भएको छ।