काठमाडौं। भारतमा हुन्डाई र टीभीएस मिलेर माइक्रो इलेक्ट्रिक तीन पाङ्ग्रे र चार पाङ्ग्रे बनाउने भएका छन्। यसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ।
नयाँ दिल्लीमा शुक्रबार सुरु भएको सवारी मेला भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा यी दुई कम्पनी मिलेर माइक्रो इलेक्ट्रिक तीन पाङ्ग्रे र चार पाङ्ग्रे बनाउने सम्झौता गरेका हुन्।
उनीहरुको जेभीका रुपमा निर्माण गर्ने माइक्रो इलेक्ट्रिक तीन पाङ्ग्रेको कन्सेप्ट पनि शोकेस गरिएको छ। यसका लागि हुन्डाईले डिजाइन, इन्जिनियरिङ र टेक्नोलोजीमा काम गर्ने र टीभीएसले भने उत्पादन र बजारीकरणमा काम गर्ने योजना छ।
शोकेसमा देखाइएको उक्त माइक्रो तीन पाङ्ग्रेमा ह्वीलचियर समेत राखिएको छ। यी दुई कम्पनीले यसलाई माइक्रो मोबिलिटी कन्सेप्टमा काम गर्ने जनाएका छन्।