BIZMANDU
www.bizmandu.com

बैंकहरुको २ खर्ब राष्ट्र बैंकमा परिपक्व हुन बाँकी, बजारबाट फेरि ६० अर्ब उठाउँदै

२०८१ माघ ६

बैंकहरुको २ खर्ब राष्ट्र बैंकमा परिपक्व हुन बाँकी, बजारबाट फेरि ६० अर्ब उठाउँदै
बैंकहरुको २ खर्ब राष्ट्र बैंकमा परिपक्व हुन बाँकी, बजारबाट फेरि ६० अर्ब उठाउँदै


काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट यसअघि उठाएको करिब २ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेको अवस्थामा तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ६० अर्ब रुपैयाँ खिच्ने भएको छ।

Tata
GBIME
NLIC

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको १ खर्ब ९३ अर्ब रुपैयाँ परिपक्क भइसकेको छैन।