BIZMANDU
www.bizmandu.com

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १७ लाख २२ हजार ३४७ आवेदकको हात खाली

२०८१ माघ ६

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १७ लाख २२ हजार ३४७ आवेदकको हात खाली
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १७ लाख २२ हजार ३४७ आवेदकको हात खाली

काठमाडौं। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइतबार आइपीओ बाँडफाँट गरेको हो।

Tata
GBIME

१ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कम्पनीको आइपीओमा १९ लाख ६ हजार ८४७ जनाले आवेदन दिएकामा १७ लाख २२ हजार ३४७ आवेदकको हात खाली भएको हो।

कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १८ लाख ४५ हजार कित्ता सेयर पुस २१ गतदेखि २४ गतेसम्म निष्कासन गरेको थियो।

इन्स्योरेन्सले सर्वसाधारणलाई १८ लाख ४५ हजार कित्ता आइपी‌ओको बिक्री खुलाएकामा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि यसअघि नै आइपीओ बिक्री गरेको थियो।

२०७९ मा नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले गत वर्ष २७ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण छ। कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १००.५९ रुपैयाँ छ।