काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ८ सय रुपैयाँ घट्दा चाँदी ३० रुपैयाँ सस्तिएको छ।
सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५७ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ। गत शुक्रबार तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ थियो।
चालु महिनाको प्रारम्भका तुलनामा आइतबारको कारोबार मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढी हो। गत मंगलबार सुन तोलाको १ लाख ५५ हजार रुपैयाँ थियो।
चाँदीको कारोबार मूल्य आइतबार तोलाको १ हजार ८ सय ६० रुपैयाँ भएको छ। गत शुक्रबार १ हजार ८ सय ९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २७०३.२ डलरले कारोबार भइरहेको छ। यो एकै दिनमा १६.२५ डलरको गिरावटपछि कायम मूल्य हो।
चाँदी प्रति औंस ३०.४ डलर छ। चाँदीको कारोबार मूल्यमा ०.४३ डलरको गिरावट छ।