काठमाडौं। इभी बजारमा छोटो समयमै आफ्नो प्रभाव बढाउन सफल डीपल गाडीको नयाँ मोडल आएको छ। नेपाली बजारका लागि चांगनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी डीपल एस०७ एल सार्वजनिक गरेको हो।
७ सय ५० भन्दा बढी बिक्री भइसकेको फ्युचरिस्टिक र प्रविधिले भरिएको डीपल एस०७ को सफलताबीच एमएडब्लु वृद्धिले एस०७ एल मोडल सार्वजनिक गरिएको जनाएको छ।
डीपलको नयाँ मोडललाई एक कार्यक्रमबीच एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपालका ब्रान्ड एम्बेसेडर तथा क्यानका सचिव पारस खड्का र एएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरे। अध्यक्ष अग्रवालले प्रिमियम उत्पादन, अत्याधुनिक प्रविधि र अद्वितीय बिक्रीपछिको सेवामार्फत ग्राहकको अनुभवलाई उच्चकोटीको बनाउन एमएडब्लु प्रतिबद्ध रहेको बताए।
‘आज देशभर ९१ स्थानमा एमएडब्लुका चार्जिङ स्टेसनहरु छन्, जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो। यो इभीका ग्राहकलाई सहज बनाउन स्थापना गरिएका हुन्,’ उनले भने।
एस०७ एलले सवारी प्रयोगकर्ताको इभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ। यो गाडीमा १६० किलोवाटको रियर ह्विल ड्राइभ छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ। स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयुभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ।
एस०७ एलमा पनि अघिल्लो मोडल डीपल एस०७ जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायर छन्। यसमा अझै पनि सेग्मेन्टमा नभएका फिचरहरु जस्तै अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, ६ सिनिक मोड छन्। क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ, यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउने जनाइएको छ।
एमएडब्लुवृद्धिले एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। तथापि १५ दिनका लागि ग्राहकले मात्र ८१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ।
डीपल एस०७ एल सार्वजनिक भएको उपलक्ष्यमा एमएडब्लु वृद्धिले माघ ५ देखि १२ गते सम्ममा देशभरका शोरुममा टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ। यो अवधिमा डीपल किन्न चाहनेले टप रिकन्डिसन हाउसबाट एक्सचेन्ज भ्यालु, फ्रि रोड ट्याक्स, फ्री अटो प्लस इन्स्योरेन्स र ७ किलोवाटको चार्ज पाउनेछन्।