BIZMANDU
www.bizmandu.com

क्याप्टेन विजय लामा अब ‘राइडर’ बन्ने, सजिलो एपमा आबद्ध, प्रयोगकर्ता वर्ष दिनमा १० लाख

२०८१ माघ ३

क्याप्टेन विजय लामा अब ‘राइडर’ बन्ने, सजिलो एपमा आबद्ध, प्रयोगकर्ता वर्ष दिनमा १० लाख
क्याप्टेन विजय लामा अब ‘राइडर’ बन्ने, सजिलो एपमा आबद्ध, प्रयोगकर्ता वर्ष दिनमा १० लाख

काठमाडौं। नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले आफू अब राइडर बन्ने बताएका छन्। बिहीबार राइड सेयरिङ एप ‘सजिलो राइडर’मा को फाउण्डरका रुपमा आवद्ध हुँदै उनले राइड सेयर गर्ने बताएका हुन्।

Tata
GBIME

काममा भेदभाव गर्न नहुने उल्लेख गर्दै लामाले आफू पनि राइडर बन्ने बताए। ‘म पनि चालक हुँ। फरक यति हो म आकाशको, तपाईंहरु सडकको,’ उनले भने, ‘म पनि अन राख्छु कोही मेरो राइडमा आउनुहुन्छ भने र चार्ज पनि गर्छु।’

लामा सजिलो एपमा सुरुबाटै आवद्ध भए पनि को-फाउन्डरका रुपमा बिहीबार घोषणा गरिएको हो।

सजिलोले कोल्याबोरेटिभ क्याटालिस्ट प्रालिसँग पनि सम्झौता गरेको छ। यसअघि राइडरलाई कमिसन छुट दिँदै आएको सजिलोले फागुन १ बाट यो सुविधा कटौती गर्ने घोषणा गरेको छ।

‘बाइकबाट १० प्रतिशत, क्याबबाट ६ प्रतिशत, हात्तीगाडीबाट ५ प्रतिशत कमिसन लिन्छौं,’ सजिलोका सीइओ अमिर लामाले भने, ‘यसको साटो बीमा योजनाबाट राइडरहरु लाभन्वित हुनेछन्।’

सजिलोले केही समयपछि पार्सल डेलिभरी, फ्रुड डेलिभरी पनि सुरु गर्ने बताएको छ। अहिलेसम्म १ लाख ६० हजार प्रयोगकर्ता रहेको दाबी गर्दै लामाले लाइसेन्ससहितका ३४ हजार राइडर दर्तामा भएको जानकारी दिए। अबको एक वर्षमा १० लाख प्रयोगकर्ता पुर्‍याउने कम्पनीको लक्ष्य छ।