BIZMANDU
www.bizmandu.com

रवि लामिछानेविरुद्ध तेस्रो मुद्दा, बुटवलको सुप्रिम सहकारी ठगीमा ४ करोडभन्दा बढी बिगो

२०८१ माघ ३

रवि लामिछानेविरुद्ध तेस्रो मुद्दा, बुटवलको सुप्रिम सहकारी ठगीमा ४ करोडभन्दा बढी बिगो
रवि लामिछानेविरुद्ध तेस्रो मुद्दा, बुटवलको सुप्रिम सहकारी ठगीमा ४ करोडभन्दा बढी बिगो


काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलनमा तेस्रो मुद्दा दायर गर्न लागिएको छ।

Tata
GBIME
NLIC

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा रविसहित १४ जनाविरुद्ध १ अर्ब १२ करोड रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दायर गर्न लागेको हो।

‘सम्भव भएसम्म आज नै मुद्दा दायर गर्छौं,’ जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले भनिन्। प्रहरीको राय प्रतिवेदनमा रविविरुद्ध ४ करोड १३ लाख रुपैयाँ बिगो माग गर्न सिफारिस गरिएको छ।

सुप्रिम सहकारीको बचत अपचलनमा यसअघि २८ जना विरुद्ध मुद्दा दायर गरिएको थियो।

रविविरुद्ध यसअघि कास्की र काठमाडौंमा मुद्दा दायर भएको थियो। उनी पुस २५ गते कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख र जिल्ला अदालत काठमाडौंको आदेशमा माघ २ गते ६० लाख रुपैयाँधरौटी बुझाएर रिहा भएका थिए।

उनीविरुद्ध चितवन र पर्सामा पनि अनुसन्धान भइरहेको छ।