BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा ४ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी

२०८१ माघ २

सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा ४ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी
सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा ४ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी

काठमाडौं। सुनचाँदीको मूल्य फेरि बढेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन प्रति तोला १ लाख ५५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तोलामा १ सय रुपैयाँ बढ्दा सोमबार सुन प्रति तोला १ लाख ५५ हजार ८ सय रुपैयाँ कायम थियो। आइतबार १ हजार ६ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँ बढेर प्रति तोला १ हजार ८३० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा ४० रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला १ हजार ८२० रुपैयाँमा आइपुगेको थियो।

आइतबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँ थियो। सोमबार उक्त मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर बुधबार प्रति औंस २६७५.३८ डलर भएको छ। चाँदी प्रति औंस २९.७५ डलर छ।मंगलबार सुन प्रति औंस २६७०.९२ डलर र चाँदी प्रति औंस २९.६३ डलर थियो।