BIZMANDU
www.bizmandu.com

मेटाले ‘कम प्रदर्शन गर्ने’ कर्मचारी कटौती गर्दै, विश्वभरका ३६०० जनशक्ति प्रभावित हुने

२०८१ माघ २

मेटाले ‘कम प्रदर्शन गर्ने’ कर्मचारी कटौती गर्दै, विश्वभरका ३६०० जनशक्ति प्रभावित हुने
Photo: AFP via Getty Images


फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाले आफ्ना विश्वव्यापी जनशक्तिको करिब ५ प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ। कम्पनीले ‘कम प्रदर्शन गर्ने कर्मचारीलाई छिटो हटाउने’ योजनाअन्तर्गत यो कदम चाल्न लागेको हो।

Tata
GBIME
NLIC

कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारीहरूलाई पठाएको एक मेमोमा नियमित प्रदर्शन मूल्यांकन प्रक्रियालाई तीव्र पार्ने निर्णय लिएको बताएका छन्। उनले सन् २०२५ मा ती पदहरू पुनः पूर्ति गरिने जनाएका छन्।

विश्वभर करिब ७२ हजार कर्मचारी रहेको मेटाले कुन देशमा कति कटौती गर्ने भन्ने खुलाएको छैन। अमेरिकामा रहेका प्रभावित कर्मचारीहरूलाई फेब्रुअरी १० भित्र जानकारी दिइने छ भने अन्य देशका कर्मचारीलाई पछि सूचित गरिने छ।

‘यो वर्ष निकै चुनौतीपूर्ण हुनेछ र म हाम्रो टिममा उत्कृष्ट व्यक्तिहरू हुन् भन्ने चाहन्छु,’ जुकरबर्गले मेमोमा लेखेका छन्, ‘मैले प्रदर्शन व्यवस्थापनका लागि मापदण्ड वृद्धि गर्ने र कम प्रदर्शन गर्नेहरूलाई छिटो हटाउने निर्णय गरेको छु।’

सन् २०२३ मा मेटाले १० हजार कर्मचारी कटौती गरेको थियो भने सन् २०२२ मा ११ हजार कर्मचारी हटाएको थियो। यस पटकको कटौतीबाट करिब ३ हजार ६०० कर्मचारी प्रभावित हुन सक्नेछन्। जुकरबर्गले प्रभावित कर्मचारीहरूलाई क्षतिपूर्ति प्याकेज दिइने उल्लेख गरेका छन्।