BIZMANDU
www.bizmandu.com

माघीमा झुमेको टुँडिखेल, वसन्तपुरमा थारु समुदायको सांस्कृतिक र्‍याली

२०८१ माघ १

माघीमा झुमेको टुँडिखेल, वसन्तपुरमा थारु समुदायको सांस्कृतिक र्‍याली
People from Tharu community dance in a traditional attire during a Maghi Sankranti festival celebrations in Kathmandu, Nepal on 14 January 2024.
Maghi Sankranti is a Nepalese festival observed on the first of Magh in the Vikram Sambat calendar bringing an end to the winter solstice containing month of Poush.


काठमाडौं । माघ १ अर्थात् मकर संक्रान्तिलाई विभिन्न समुदायले आआफ्नै तरिकाले मनाए। पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायले पनि आज माघी मनाए।

Tata
GBIME
NLIC

थारु समुदायले केही वर्षयता राजधानीमा पनि माघी पर्व मनाउन थालेका छन्। नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वलाई उनीहरु हर्षोल्लासका रुपमा मनाउँछन्।

राजधानीको टुँडिखेलमा पनि थारु समुदायले माघी पर्व मनाएको छ। परम्परागत भेषभूषामा सजिएका थारु समुदायका मानिसहरुले सांस्कृति नृत्य पेस गरेका थिए।

माघीको अवसरमा थारु समुदायमा प्रचलित खाद्य सामग्री पनि राखिएको थियो।

त्यसअघि वसन्तपुरमा उनीहरुले सांस्कृति र्‍याली निकालेका थिए।