BIZMANDU
www.bizmandu.com

कतारी विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्री राणाको संवाद, विपिनको रिहाइका लागि पहल

२०८१ माघ १

कतारी विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्री राणाको संवाद, विपिनको रिहाइका लागि पहल
कतारी विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्री राणाको संवाद, विपिनको रिहाइका लागि पहल

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिनअब्दुलाजिज अल‐खुलाइफीबीच आज टेलिफोन वार्ता भएको छ।

Tata
GBIME
Nepal Life

छलफलका क्रममा हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिएको राणाले जानकारी दिइन्।

खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन्।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई रिहा गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। त्यसैले त्यही क्रममा विपिनको रिहाइका लागि पनि पहल गर्न आफू लागिरहेको राणाले बताएकी छन्।

‘हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु। यसै अन्तर्गत आज कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरें,’ राणाले भनेकी छन्।

अहिले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको छ। कतारी राज्यमन्त्रीसँगको छलफलका क्रममा युद्धविरामबारे छिट्टै सकारात्मक खबर आउने ब्रिफिङ भएको थियो।

यसबाट विपिनको रिहाइ हुनेमा आफू थप आशावादी भएको राणाले बताएकी छन्।