BIZMANDU
www.bizmandu.com

अमेरिकामा प्रतिबन्धको संघारमा टिकटक, भन्यो : इलन मस्कलाई प्लेटफर्म बिक्री गर्ने कुरा ‘फिक्सन’ हो

२०८१ माघ १

अमेरिकामा प्रतिबन्धको संघारमा टिकटक, भन्यो : इलन मस्कलाई प्लेटफर्म बिक्री गर्ने कुरा ‘फिक्सन’ हो
Photo : Reuters


बाइटडान्सले आफ्नो भिडियो प्लेटफर्म टिकटक धनाढ्य इलन मस्कलाई बिक्री गर्न लागेको खबर गलत भएको जनाएको छ।

Tata
GBIME
NLIC

अमेरिकामा प्रतिबन्धित हुनबाट जोगिन मस्कलाई टिकटक बेच्न लागेको हल्लालाई चिनिया कम्पनीले ‘पियर फिक्सन’ भनेको छ। ब्लुमबर्गले चिनियाँ अधिकारीहरहरु यसबारेमा मस्कसँग छलफलमा रहेको खबर छापेको थियो।

जनवरी १९ भित्र बाइटडान्सले टिकटक बेच्नुपर्ने अहिले कानुनी बाध्यता रहेको छ। त्यसो नभए टिकटकले प्रतिबन्ध सामना गर्नुपर्ने हुन्छ। यद्यपि, यसबाट बच्न टिकटकले अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग छलफल गरिरहेको छ। ट्रम्पले जनवरी २० मा सपथ लिनेछन्। त्यसपछि ट्रम्पले लिने कदमको प्रतिक्षामा टिकटक रहेको बताइन्छ।

मस्कको एक्स (पहिला ट्वीटर) सँग आबद्ध हुने गरि टिकटक बिक्रीको योजना बनिरहेको केही रिपोर्टहरु आएका थिए।

तर टिकटकले भने सो खबरलाई ‘पूर्णतय आख्यान’ माथि जवाफ नदिने जवाफ दिएको छ।