BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य प्रति तोला ८ सय घट्यो, चाँदी तोलामा ४० रुपैयाँ सस्तियो

२०८१ माघ १

सुनको कारोबार मूल्य प्रति तोला ८ सय घट्यो, चाँदी तोलामा ४० रुपैयाँ सस्तियो
सुनको कारोबार मूल्य प्रति तोला ८ सय घट्यो, चाँदी तोलामा ४० रुपैयाँ सस्तियो

काठमाडौं। लगातार बढ्न थालेको सुनको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला १ लाख ५५ हजार रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिनका तुलनामा तोलामा १ सय रुपैयाँ बढ्दा सोमबार सुन प्रति तोला एक लाख ५५ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट छ। ४० रुपैयाँ घटेर मंगलबार प्रति तोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ बढ्दा आइतबार तोलाको १ हजार ८ सय ६० रुपैयाँ भएको थियो। सोमबार उक्त मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस २६७०.९२ डलर भएको छ। चाँदी प्रतिऔंस २९.६३ डलर छ।

सोमबार सुन प्रति औंस २६८६.६१ डलर र चाँदी ३०.२६ डलरले कारोबार भएको थियो।