काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिंदा उनको हिरासत बसाई लम्बिएको छ।
सोमबार बिहानैदेखि जिल्ला अदालत काठमाडौंमा बहस सुरु भएको थियो। अदालतमा सरकारी वकिल र जाहेरीकर्ताको पक्षबाट बहस सकिएको छ। रविको तर्फबाट बहस बाँकी छ। त्यसपछि सरकारी वकिलले फेरि बहस गर्नेछन्।
सोमबारको लागि बहस सकिएपछि लामिछानेलाई फेरि न्यायीक हिरासतमा पठाउन अदालतले आदेश दिएको छ।
मंगलबार माघे संघ्रान्तिको सार्वजनिक विदा छ। जसकारण भोलि यो मुद्दाको सुनुवाइ हुने छैन। अब बुधबारमात्रै बहस हुने हुँदा रविको हिरासत बसाई थप लम्बिएको हो।
लामिछानेलाई जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। धरौटी रकम बुझाएर बिहीबार नै थुनामुक्त भएका उनी आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।