BIZMANDU
www.bizmandu.com

एआईमा नेपाल सबैभन्दा पछाडि परेकोमा सञ्चारमन्त्री गुरुङको दुखेसो, ‘भुटानभन्दा पछि परिसक्यौं’

२०८१ पुष २९

एआईमा नेपाल सबैभन्दा पछाडि परेकोमा सञ्चारमन्त्री गुरुङको दुखेसो, ‘भुटानभन्दा पछि परिसक्यौं’
एआईमा नेपाल सबैभन्दा पछाडि परेकोमा सञ्चारमन्त्री गुरुङको दुखेसो, ‘भुटानभन्दा पछि परिसक्यौं’


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आएको धेरै समय नभएपनि त्यसलाई उपयोग गर्ने मामिलामा नेपाल धेरै पछाडि परेको बताएका छन्।

Tata
GBIME
NLIC

सोमबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङ आफैं कानुनी व्यवस्था गरेर एआईलाई बढावा दिने ठाउँमा भएपनि उल्टै पछाडि परेको भन्दै दुखेसो गरेका हुन्।

‘आजको दिनमा एआईमा हामी दक्षिण एसियामा सबैभन्दा पछाडि छौं। अस्ति भर्खरै आएको जस्तो लाग्छ त्यो प्रविधि, अरु देश यति छिटो यसमा अघि बढिसके। हामी त सबैभन्दा पछाडि छौं। भुटानभन्दा पछाडि परिसक्यौं,’ गुरुङले भने।

मन्त्री गुरुङले एआईको विकासका लागि सरकारले यससम्बन्धी नीति तथा रणनीति तयार गर्ने काम गरिरहेको बताएका छन्।