BIZMANDU
www.bizmandu.com

सेयर बजार ओरालो, नेप्से परिसूचक १५.५४ अंकले घट्दा ६ अर्ब ६५ करोडको कारोबार

२०८१ पुष २९

सेयर बजार ओरालो, नेप्से परिसूचक १५.५४ अंकले घट्दा ६ अर्ब ६५ करोडको कारोबार
सेयर बजार ओरालो, नेप्से परिसूचक १५.५४ अंकले घट्दा ६ अर्ब ६५ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आइतबार १५.५४ अंकले घटेर २५९४.१३ विन्दु कायम भएको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक १.८९ प्रतिशतले घटेको छ। फाइनान्स १.३२ र होटल तथा पर्यटनको सूचक १.३६ प्रतिशतले घटेको छ।

१७५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

६३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। बराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएकामा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४५ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, ङादी हाइड्रोपावरको २८ करोड २७ लाख, हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख र सिन्धु विकास बैंकको १३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।