BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रविधिमैत्री सेवामा जोड

२०८१ पुष २९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रविधिमैत्री सेवामा जोड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रविधिमैत्री सेवामा जोड


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ।

Tata
GBIME
NLIC

सभामा बैंक संचालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता राखेको बताएका थिए।

उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धती विकास गर्ने उद्धेश्य राखेको जानकारी दिए। साथै, बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको र संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको समेत बताएका थिए।

साधारण सभामा ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनीहरुले टिप्पणी गरेका थिए। यस्तै, उनीहरुले बैंक सुधारको निमित्त विभिन्न सुझाव दिएका थिए।

बैंकको हाल देशभर २९४ वटा शाखा कार्यालय छन्।