BIZMANDU
www.bizmandu.com

साँखुस्थित शालीनदीमा बिहानैदेखि व्रतालुको भीड, एक महिने माधवनारायण मेला सुरु

२०८१ पुष २९

साँखुस्थित शालीनदीमा बिहानैदेखि व्रतालुको भीड, एक महिने माधवनारायण मेला सुरु
Nepalese Hindu devotees gather to bathe on the first day of month-long Swasthani festival in the Shali River on the outskirts of Kathmandu., Nepal on Monday 13 January 2025.The month-long festival, dedicated to God Madhavnarayan and Goddess Swasthani, involves the recitation of folk tales about miraculous feats performed by them in many Hindu households.
Photo- Prabin Ranabhat


काठमाडौं। माधवनारायण व्रत सुरु भएसँगै साँखुस्थित शालीनदीमा आज बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ।

Tata
GBIME
NLIC

मनोकांक्षा पूरा हुने विश्वासका साथ आजबाट एक महिने माधवनारायण व्रत बस्ने गरिन्छ। स्वस्थानी व्रतसँगै साँखुको शालीनदी मेला पनि आज सुरु भएको छ।

व्रतालुले एक महिनासम्म नुन, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ। व्रतालुले दूध र पानी बाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन।

दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नुहुने नियम छ। व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन। उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ। उठेपछि फेरि भोजन गर्नुहुँदैन।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन्। पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ् दण्डवत् गर्दै जानुपर्छ।

माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ। त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ। अर्को दिन फर्पिङ्बाट साँखु बास बसिन्छ। माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ। भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ।

साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ। माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ।

माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ। भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको शिव, स्कन्द लगायत पुराणमा वर्णन गरिएको छ। पार्वतीको आज्ञाअनुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरु भएको विश्वास गरिन्छ।