काठमाडौं। एनसेलले आफ्ना सधैं अन प्याक लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ।
ग्राहकले अब रातको समयमा बिना कुनै अतिरिक्त शुल्क अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने एनसेलले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कम्पनीका अनुसार यो योजना पुस बाट सुरु भइसकेको छ। यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन्।
ग्राहकहरुले प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब नाइट डेटा पनि पाउँछन्। सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएको छ।
३९९, ४९९ र ५९९ का बेस्ट प्याक तथा ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन्।
यी प्याक लिने ग्राहकलाई एनसेलले यूट्युबमा अनलिमिटेड पहुँच प्रदान गर्दै आएको छ।