BIZMANDU
www.bizmandu.com

थुनछेक बहस नभएपछि रवि लामिछाने छुटेनन्, प्रहरीकै जिम्मामा राख्न अदालतको आदेश

२०८१ पुष २८

थुनछेक बहस नभएपछि रवि लामिछाने छुटेनन्, प्रहरीकै जिम्मामा राख्न अदालतको आदेश
थुनछेक बहस नभएपछि रवि लामिछाने छुटेनन्, प्रहरीकै जिम्मामा राख्न अदालतको आदेश


काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी नियन्त्रणमा राख्न आदेश दिएको छ।

Tata
GBIME
NLIC

आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका लामिछानेलाई बहस सुरु नभएकाले प्रहरीको नियन्त्रणमा राख्न न्यायाधीश माधव अधिकारीको इजलासले आदेश दिएको हो। आइतबार लामिछानेको बयान भने सकिएको छ।

बयानपछि सरकारी वकिलको बहस हुनुपर्नेमा बहस हुन सकेन। सरकारी वकिलको बहसपछि रविका अधिवक्ता र जाहेरीकर्ताको तर्फबाट बहस हुनेछ। त्यसपछि मात्र न्यायाधीशले आदेश गर्नेछन्।

‘बहस हुन सकेन। त्यसैले न्यायाधीशले आदेश दिनुभएको छ,’ जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले भने।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा दायर भएको थियो। जसमा २ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गरिएको छ।

गत बिहीबार लामिछानेलाई जिल्ला अदातल कास्कीले भने ६५ लाख धरौटीमा रिहा गरेको हो।