BIZMANDU
www.bizmandu.com

सेयर बजारमा २५.४१ अंकको गिरावट, ३ अर्ब ९९ करोडको कारोबार हुँदा सबै सूचक घटे

२०८१ पुष २८

सेयर बजारमा २५.४१ अंकको गिरावट, ३ अर्ब ९९ करोडको कारोबार हुँदा सबै सूचक घटे
सेयर बजारमा २५.४१ अंकको गिरावट, ३ अर्ब ९९ करोडको कारोबार हुँदा सबै सूचक घटे


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा झरेको हो। कारोबारमा आएका सबै सूचकले बजार घटाएका छन्।

Tata
GBIME
NLIC

फाइनान्सको सूचक सर्वाधिक ३.६० प्रतिशतले घटेको छ। विकास बैंक १.६० र हाइड्रोपावरको सूचक १.४४ प्रतिशतले घटेको छ। १९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ङादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

४३ कम्पनीको सेयर मूल्य बढेको छ। विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड इेभलपमेन्टको २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै, सिन्धु विकास १८ करोड ८० लाख, सिंगटी हाइड्रोपावर १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनर १३ करोड ३४ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।