काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दिनेश लाल श्रेष्ठ दोहोरिएका छन्।
शुक्रबार कम्पनी संचालक समितिले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको पहिलो कार्यकाल पुस मसान्तमा सकिंदैछ।
दोस्रो कार्यकाल माघ १ देखि लागू हुनेछ। श्रेष्ठलाई कम्पनी संचालक समितिले ४ वर्षका लागि नियुक्त गरेको हो।