काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई २१.०५ % लाभांश लाभांश दिने निर्णय गरेको हो।
इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद र बोनस सेयर गरेर १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ बराबर लाभांश पाउनेछन्।
कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले २०७९/८० मा २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।