BIZMANDU
www.bizmandu.com

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर, आदेश के आउला ?

२०८१ पुष २८

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर, आदेश के आउला ?
रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर, आदेश के आउला ?


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अदालतमा हाजिर भएका छन्।

Tata
GBIME
NLIC

उनी आइतबार बिहान १० बजेतिर जिल्ला अदालत काठमाडौं पुगेका हुन्। जिल्ला सरकारी वकिल कार्यालयले आफूविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेकाले उनी बयान र थुनछेक बहसका लागि अदालतमा हाजिर भएका हुन्।

जिल्ला अदालत कास्कीमा दायर मुद्दामा उनी गत बिहिबार राति ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा आफैं अदालत हुने गरी रिहा गरेको थियो।

शुक्रबार पोखराबाट काठमाडौं आउन ढिला भएकाले उनी आइतबार अदालत हाजिर भएका हुन्। न्यायाधीश माधव अधिकारीको इजलासमा बयान हुँदैछ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविसहित ३९ जनालाई प्रतिवादी बनाएको छ। पक्राउ परेका दुई जना धरौटीमा रिहा भइसकेका छन्।

अब रवि र पूर्वडीआइजी छविलाल जोशीको बयान र थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्ने छ।