BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ माघ ८ देखि

२०८१ पुष २८

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ माघ ८ देखि
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ माघ ८ देखि

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि माघ ८ गते आइपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME

इन्स्योरेन्सले कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्ने भएको हो। बाँकी रहेको आइपीओ दोस्रो चरणमा १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाउनेछ। वैदेशिक रोजगारीमा गएका श्रमिकले अंकित मूल्य १०० रुपैयाँमा १० देखि १ लाख कित्ताका लागि माग २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

इन्स्योरेन्सले ३ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्दैछ।

इन्स्योरेन्सको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। नेपाल बीमा प्राधिकरणले २०७९ मा माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएकामा कम्पनीले गत वर्षदेखि व्यवसाय सुरु गरेको छ।