BIZMANDU
www.bizmandu.com

जुत्ता चप्पलको निर्यात बढाउन व्यवसायीलाई सहुलियत दिने उद्योगमन्त्री भण्डारीको आश्वासन

२०८१ पुष २६

जुत्ता चप्पलको निर्यात बढाउन व्यवसायीलाई सहुलियत दिने उद्योगमन्त्री भण्डारीको आश्वासन
जुत्ता चप्पलको निर्यात बढाउन व्यवसायीलाई सहुलियत दिने उद्योगमन्त्री भण्डारीको आश्वासन

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जुत्ता चप्पल निर्यातका लागि सरकारले उद्योगीहरुलाई सहुलियत दिने आश्वासन दिएका छन्।

Tata
GBIME

उनले शुक्रबार फुटवेयर म्यानुफक्चर्स एसोसियसन अफ नेपालको २३औं वार्षिक साधारण सभामा निर्यात बढाउनका लागि सरकारले सहुलियत दिने आश्वासन दिएका हुन्।

अहिले जुत्त चपल निर्यात समेत भइरहेको छ। निर्यातका लागि हामी पनि हामी जोड दिनेछौं। तपाईं उद्योगीहरुलाई प्रोत्साहित गर्नका लागि सरकारले सहुलियत दिनेछ,’ उनले भने।

उनले सरकारले स्वदेशी उत्पादन प्रयोगको नीति लिएको भन्दै त्यसबाट पनि उद्योगीहरु लाभान्वित हुने बताए।