BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडीमा लगानी बढाउन देउवाको सुझाव, ‘जलवायु परिर्वतनले नेपालमा धेरै असर पुग्यो’

२०८१ पुष २६

विद्युतीय गाडीमा लगानी बढाउन देउवाको सुझाव, ‘जलवायु परिर्वतनले नेपालमा धेरै असर पुग्यो’
विद्युतीय गाडीमा लगानी बढाउन देउवाको सुझाव, ‘जलवायु परिर्वतनले नेपालमा धेरै असर पुग्यो’

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्युतीय गाडीमा लगानी बढाउन सके जलवायु परिवर्तनको असर कम गराउन सकिने बताएका छन्।

Tata
GBIME

उनले जलवायु परिर्वतनका कारण नेपालले असर झेलिरहेको भन्दै चीनजस्ता धनी मुलुकले समेत विद्युतीय गाडीमा लगानी बढाएकाले नेपालले त्यसबाट पाठ सिक्नुपर्ने बताए।

‘इलेक्ट्रिक भेहिकल्समा लगानी बढाउन सके र ठाउँठाउँमा चार्जिङ स्टेसन बढाउन सके फोसिल फ्युलबाट मुक्त हुन सकिन्छ। त्यसले जलवायु परिवर्तन कम गराउन सकिन्छ,’ कांग्रेसको वातावरण विभागले शुक्रबार सानेपामा गरेको कार्यक्रममा देउवाले भने।

उनले वन क्षेत्र जोगाउनुपर्नेमा पनि जवड दिए। ‘जलवायु परिवर्तनले नेपालमा ठूलो समस्या सिर्जना हुँदैछ। हिमाल नाङ्गो भइरहेको छ। फर्स्ट भिक्टिमको रुपमा नेपाल देखिन्छ। वनलाई बचाउन सक्नुपर्छ,’ उनले भने।