BIZMANDU
www.bizmandu.com

हस्तकलाका सामानको निर्यात बढाउन सहयोग गर्ने ओलीको आश्वासन, ‘के-के गर्नुपर्छ भन्नुस्’

२०८१ पुष २६

हस्तकलाका सामानको निर्यात बढाउन सहयोग गर्ने ओलीको आश्वासन, ‘के-के गर्नुपर्छ भन्नुस्’
हस्तकलाका सामानको निर्यात बढाउन सहयोग गर्ने ओलीको आश्वासन, ‘के-के गर्नुपर्छ भन्नुस्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार नेपाल हस्तकला महासंघको ४४औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यो क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए।

‘देशमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउन हस्तकला क्षेत्रको ठूलो योगदान छ। त्यसैले यो क्षेत्रका लागि सरकारले सक्दो सहयोग गर्छ,’ उनले भने, ‘हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ। यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौं। म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासंघलाई बोलाएर छलफल गर्छु। त्यसका आधारमा हामी थप काम गर्नेछौं।’

उनले हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने भन्दै बजारका भन्दा आफैंले बनाएका सामानको प्रयोग गर्नुपर्नेमा जोड दिए।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले निर्यात वृद्धिका लागि सरकारले सहजीकरण गर्न आवश्यक रहेको बताए।