BIZMANDU
www.bizmandu.com

नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ निष्कासनका लागि सेबोनको स्वीकृति

२०८१ पुष २६

नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ निष्कासनका लागि सेबोनको स्वीकृति
नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ निष्कासनका लागि सेबोनको स्वीकृति

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निकाल्न अनुमति पाएको छ। बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्स्योरेन्सलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो।

Tata
GBIME

सेबोन अध्यक्ष नियुक्त भएको डेढ महिनापछि सन्तोषनारायण श्रेष्ठले अंकित मूल्यको आइपीओ अघि बढा‌एका हुन्। इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्दैछ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। नेपाल बीमा प्राधिकरणले २०७९ मा माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएकामा कम्पनीले गत वर्षदेखि व्यवसाय सुरु गरेको छ।

प्राधिकरणले माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ। चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नु पर्ने व्यवस्था अनुसार कम्पनीले आइपीओ खुलाउन लागेको हो।