BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि छनोट समितिले खुलायो आवेदन, १५ दिनको म्याद

२०८१ पुष २६

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि छनोट समितिले खुलायो आवेदन, १५ दिनको म्याद
बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि छनोट समितिले खुलायो आवेदन, १५ दिनको म्याद

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि छनोट समितिले दरखास्त आह्वान गरेको छ। समितिले शुक्रबार सूचना जारी गर्दै आवेदन खुलाएको हो।

Tata
GBIME
NLIC

प्राधिकरण अध्यक्षका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा १५ दिन भित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिन चाहने व्यक्तिले बीमा, बैंकिङ, मौद्रिक, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र,गणित अर्थ शास्त्र वा कानून विषयमा कम्तिमा स्नात्तकोत्तर हासिल गरेर सम्बन्धित क्षेत्रमा उच्च व्यवस्थापनमा रहि कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ।

३० वर्ष उमेर पूरा भएर ६५ वर्षसम्मका योग्यता पुगेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। आवेदनका लागि ७ हजार ५०० रुपैयाँ दस्तुर लाग्नेछ।

सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरुबाट सर्टलिस्ट निकालेर तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाउनेछ। मन्त्रिपरिषद्ले ती मध्येबाट एक जनालाई अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ।

पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण अध्यक्षको नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको थियो

राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य छन्।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनको कार्यकाल माघ १९ गते सकिंदैछ। सिलवाल निलम्बनमा परेपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन्।