BIZMANDU
www.bizmandu.com

लस एन्जलस जलिरहँदा ६८ खर्ब बढीको आर्थिक क्षति, २० हजार बढी भवन प्रभावित (तस्विरहरु)

२०८१ पुष २६

लस एन्जलस जलिरहँदा ६८ खर्ब बढीको आर्थिक क्षति, २० हजार बढी भवन प्रभावित (तस्विरहरु)
(250109) -- BEIJING, Jan. 9, 2025 (Xinhua) -- A house is engulfed by the flames on the site of the Palisades fire in Pacific Palisades, Los Angeles County, California, the United States, on Jan. 7, 2025. Three major wildfires raging across Los Angeles County, the most populous county of the United States, killed at least two people and forced tens of thousands of residents to be evacuated, the county's Fire Chief Anthony Marrone said Wednesday. The Palisades fire, a devastating wind-driven brush fire in Pacific Palisades started on Tuesday, spread to 5,000 acres (20.23 square kilometers) as of Wednesday with zero containment. (Photo by Qiu Chen/Xinhua)


अमेरिकाको क्यालिफोर्निया यतिबेला इतिहासकै सबैभन्दा भयंकर डढेलोबाट प्रभावित बनेको छ। लाखौं हेक्टर जमिन आगलागीको चपेटामा आउँदा घरहरु नष्ट भएका छन्। डढेलोको कारण हजारौं मानिस विस्थापित भएका छन्।

Tata
GBIME
NLIC

२० मिनेटको समयमा २० एकरबाट आगो २०० एकरसम्म फैलिएको रेकर्ड भएको छ। आगलागी फैलिने क्रम विभिन्न स्थानमा तीव्र भइरहेको छ।

Photo by Qiu Chen/Xinhua

आगो फैलिन रोक्न सकिएको छैन। तीव्र गतिमा चलेको हावा र सुख्खा जमिनले आगो थप फैलिरहेको बताइएको छ।

हालसम्म एक हजारभन्दा बढी घर आगोको चपेटामा आइसकेको छ। जसमा लक्जरियस मानिएका लस एन्जलसका सान्दार भिल्लाहरु समेत छन्।

प्रख्यात हलिउड हिलमा समेत आगो फैलिरहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

Photo : Mario Tama/Getty Images/AFP

यो विपद्‍मा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ। पलिसादमा २० हजार एकर भन्दा बढी जग्गा डढेलोबाट प्रभावित बनेको छ। इटनमा १३ हजार एकर, हर्स्टमा ८०० बढी एकर र लिडिया र सनसेटमा पनि कयौं स्थानमा डढेलो लागेको छ।

यी क्षेत्रहरुका करिब २० हजार भन्दा बढी भवन डढेलोबाट प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ।

Photo : Apu Gomes/Getty Images/AFP

डढेलो नियन्त्रण गर्न नसकेको भन्दै क्यालिफोर्नियाका गर्भनरको आलोचना भइरहेको छ। केही दिनमा नै राष्ट्रपतिको सपथ लिन तयार रहेका डोनाल्ड ट्रम्पले गभर्नरसहित वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन्।

रोयटर्सका अनुसार लस एन्जलसमा फैलिएको डढेलोका कारण ५० बिलियन अमेरिकी डलर (६८ खर्ब रुपैयाँ) भन्दा बढीको आर्थिक क्षतिको अनुमान छ।

Photo : Apu Gomes/Getty Images/AFP
Photo : Apu Gomes/Getty Images/AFP
Photo by Zoë Meyers / AFP
Photo by JOSH EDELSON / AFP
Photo : Etienne Laurent/AP
Photo : Jason Armond/Los Angeles Times/Getty Images
Photo : Ringo Chiu/Reuters
Photo : Josh Edelson/AFP/Getty Images
Photo : Etienne Laurent/AP