BIZMANDU
www.bizmandu.com

कांग्रेसले माघ तेस्रो साता स्टार्टअप सम्मेलन गर्ने, स्वदेशी वस्तुका ८० वटा स्टल राख्न सम्झौता

२०८१ पुष २५

कांग्रेसले माघ तेस्रो साता स्टार्टअप सम्मेलन गर्ने, स्वदेशी वस्तुका ८० वटा स्टल राख्न सम्झौता
कांग्रेसले माघ तेस्रो साता स्टार्टअप सम्मेलन गर्ने, स्वदेशी वस्तुका ८० वटा स्टल राख्न सम्झौता

काठमाडौं। साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमशीलता विकास गर्न नेपाली कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ।

Tata
GBIME

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माघ १६ र १७ गते सम्मेलन गर्ने भएको हो।

आर्थिक रुपान्तरणलाई प्रवर्धन, लगानी प्रोत्साहन, डिजिटल अर्थतन्त्रलाई प्रवर्धन र युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागेको विभागका संयोजक उर्मिला थपलियाले बताइन्।

‘साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न सम्मेलन गर्ने तय भएको हो,’ थपलियाले भनिन्, ‘सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ।’

सम्मेलनमा वस्तु प्रर्दशनी गर्नका लागि विभागले नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सम्झौता गरेको छ। सम्झौता अनुसार महासंघले सम्मेलनमा ८० वटा स्टल राख्ने छ।

लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायत वस्तु प्रर्दशनीमा राख्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए।