BIZMANDU
www.bizmandu.com

जय ट्रफीको चौथो खेलमा बाग्मती र आर्मीको ‘ड्र’, नन्दनको उत्कृष्ट अलराउण्ड प्रदर्शन

२०८१ पुष २५

जय ट्रफीको चौथो खेलमा बाग्मती र आर्मीको ‘ड्र’, नन्दनको उत्कृष्ट अलराउण्ड प्रदर्शन
जय ट्रफीको चौथो खेलमा बाग्मती र आर्मीको ‘ड्र’, नन्दनको उत्कृष्ट अलराउण्ड प्रदर्शन

काठमाडौं। जय ट्रफीको चौथो खेलमा त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेश बराबरीमा रोकिएका छन्। जनकपुरस्थित रामजानकी स्टेडियममा आज सम्पन्न दोस्रो दिनको खेल सकिँदा वाग्मती प्रदेश ८०-५ को अवस्थामा रहँदा खेल ‘ड्र’ भएको हो।

Tata
GBIME
NLIC

बुधबार वाग्मतीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।

पहिलो दिन सुरुवाती ब्याटिङमा उत्रिएको आर्मीले पूरा ६० ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर २७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ५० ओभरमा २०० रन बनाउँदै पहिलो इनिङ्स समाप्तीको घोषणा गर्‍यो। पहिलो इनिङ्समा आर्मीको ७६ रनको लिड रह्यो।

दोस्रो इनिङ्समा २८.२ ओभरमा आर्मीले १२७ रन बनायो। पहिलो इनिङ्सको ७६ र दोस्रो इनिङ्सको १२७ रन गरी आर्मी २०३ रनले अघि रह्यो।

२०४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले २८.४ ओभरमा ५ विकेट गुमाएर ८० रन बनायो। आर्मीले दोस्रो दिनको खेलमा वाग्मतीलाई अलआउट गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

खेलमा कमजोर अवस्थामा पुगिसकेको वाग्मतीको हार टार्न नन्दन यादवको महत्वपूर्ण भूमिका रह्यो। दोस्रो दिनको खेलमा उनले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा पहिलो इनिङ्समा ५१ र दोस्रोमा १३ रन बनाए।

आर्मीको बलिङमा आकाश चन्दले पहिलो इनिङ्समा ३ र दोस्रो इनिङ्समा २ गरी सर्वाधिक ५ विकेट लिए। ब्याटिङमा तृतराज दासले पहिलो इनिङ्समा ४४ र दोस्रो इनिङ्समा २८ रनको योगदान दिए। आजै वीरगंजमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १ इनिङ्स र ३५ रनले हराएको थियो।

योसँगै अंकतालिकामा ४० अंकसहित नेपाल पुलिस शीर्षस्थानमा रहँदा ३० अंकसहित त्रिभुवन आर्मी दोस्रो, २८ अंकसहित वाग्मती तेस्रो र २१ अंकसहित मधेश चौथो स्थानमा छन्।