BIZMANDU
www.bizmandu.com

महिन्द्राले इभीका लागि भारतमै ब्याट्री बनाउने, पुनेमा एसेम्ब्ली प्लान्ट संचालनमा

२०८१ पुष २५

महिन्द्राले इभीका लागि भारतमै ब्याट्री बनाउने, पुनेमा एसेम्ब्ली प्लान्ट संचालनमा
महिन्द्राले इभीका लागि भारतमै ब्याट्री बनाउने, पुनेमा एसेम्ब्ली प्लान्ट संचालनमा

काठमाडौं। महिन्द्राले विद्युतीय सवारीसाधन(इभी)का लागि भारतमा नै ब्याट्री बनाउने भएको छ। कम्पनीले पुने नजिकै चाकन भन्ने स्थानमा ब्याट्री उत्पादन गर्ने गरी एसेम्ब्ली प्लान्ट संचालनमा ल्याएको छ।

Tata
GBIME

चीनबाट ल्याउँदा इभीको उत्पादन लागत धेरै हुने भएपछि कम्पनीले ब्याट्री अब देशभित्रै उत्पादन गर्ने भएको हो। इभीको करिब ४० प्रतिशत लागत ब्याट्रीमा खर्च हुन्छ। ब्याट्री सस्तो हँदा इभीको लागत कम हुन्छ।

कम्पनीले चिपका लागि कोभिडको समयमा अन्य देशसँग निर्भर हुँदा गाडी उत्पादनको माइलस्टोन हासिल गर्न सकेको थिएन। त्यसलाई पनि मध्यनजर गर्दै कम्पनीले इभीका लागि ब्याट्री आन्तारिक रुपमा एसेम्बल गर्ने योजना बनाएको हो।

कम्पनीले चाकनस्थित प्लान्टमा ४ हजार ५०० करोड भारु खर्च गरेको छ। २०२७ सम्म १६ हजार करोड भारु लगानी गर्ने कम्पनीको योजना छ। प्लान्टबाट बीई६, एक्सइभी९ई लगायत इभी उत्पादन हुनेछन्।