BIZMANDU
www.bizmandu.com

विद्युतको पोल नसारेको भन्दै सडक निर्माणकै काम रोक्नु हुँदैन : मन्त्री देवेन्द्र दाहाल

२०८१ पुष २५

विद्युतको पोल नसारेको भन्दै सडक निर्माणकै काम रोक्नु हुँदैन : मन्त्री देवेन्द्र दाहाल
विद्युतको पोल नसारेको भन्दै सडक निर्माणकै काम रोक्नु हुँदैन : मन्त्री देवेन्द्र दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनारमा रहेका विद्युत पोलका कारण राजमार्ग विस्तारमा ढिलाई हुन नहुने बताएका छन्।

Tata
GBIME

पूर्व पश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उनले सरकारी निकायबीच समन्वयको अभावमा काम रोकिन नहुने बताएका हुन्।

विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायहरु समन्वय आवश्यक रहेको उनको मत थियो।

‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हदसम्म हामीले समाधान गरेका छौं। वन संरक्षण एवम् विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होईन हामी सबैको साझा सरोकारका विषय हुन्।’

उनले पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र नभइ अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युतका पोल नसारिँदा काममा ढिलाई हुन नहुने बताए। त्यसका लागि मन्त्रालय समन्वय गर्न तयार रहेको उनले बताए।